Comments Add Comment

आज मकवानपुरको दुई गाउँपालिकामा सार्वजनिक विदा

मकवानपुरको दुईवटा गाउँपालिकाले आज सार्वजनिक विदा दिएको छ । जिल्लाको बकैया गाउँपालिका र बागमती गाउँपालिकाले आज मंगलबार माझी समुदायको लदि पर्वको अबसरमा गाउँपालिकाभित्र सार्वजनिक विदा दिईने निर्णय गरेको हो । बकैया गाउँपालिकाले सोमवार एक सुचना जारी गर्दै आज सार्वजनिक विदा दिने निर्णय गरेको जानकारी दिएको हो ।

त्यस्तै बागमती गाउँपालिकाले आईतबार एक सुचना जारी गर्दै सोमबार र मंगलबार सार्वजनिक विदा दिने निर्णय गरेको थियो । मकवानपुरको बकैया र बागमती गाउँपालिकामा माझी समुदायको बाक्लो बसोबास रहेको छ । लदि पर्व माझी समुदायको मुख्य चाड हो । कोसी पूजा भन्नाले खोला, नदी अथवा पानीलाई गरिने पूजालाई जनाउँछ । यो पर्व प्रत्येक वर्ष फाल्गुण महिनाको तेस्रो मङ्गलबार मनाउने गरिन्छ ।

0
Shares

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

test
Advertisment

छुटाउनुभयो कि? सबै