Comments Add Comment

हात्तीको आक्रमणबाट मृत्यु भएको परिवारलाई बागमती प्रदेशले एक–एक लाख दिने

जंगली हात्तीको आक्रमणबाट मृत्यु भएकाको परिवारलाई बागमती प्रदेश सरकारले आर्थिक सहयोग गर्ने भएको छ । मंगलबार बसेको बागमती प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले हात्तीको आक्रमणबाट मृत्यु भएकाको परिवारलाई १–१ लाख दिने निर्णय गरेको छ । प्रदेशमा जंगली हात्तीको आक्रमणबाट तीनजनाको मृत्यु भएको छ ।

एम गज नामक जंगली हात्ती आक्रमणको कारण ८ फागुनमा मकवानपुरको मनहरी–४ वनकरिया टोलकी ६४ वर्षीया राधा अधिकारी, १२ फागुनमा बकैया–५ पावसका ५० वर्षका सन्तलाल माझीको मृत्यु भएको थियो । यसैगरी, मकुन्ना नामक जंगली हात्ती आक्रमणको कारण १३ फागुनमा सिन्धुलीको कमलामाई नगरपालिका–१३ का ४० वर्षीय दण्डपाणी पौडेलको मृत्यु भएको थियो ।

0
Shares

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

test
Advertisment

छुटाउनुभयो कि? सबै