Comments Add Comment

पत्रकार शालिकराम पुडासैनीको सुसाइट नोट भेट्टियो

चितवनको कंगारु होटलमा मृत भेटिएका पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणले नयाँ मोड लिएको छ। घटना भएको २४ घन्टा पुग्नै लाग्दा भेटिएको सुसाइड नोट कारण मृत्यु प्रकरणले नयाँ मोड लिएको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृतक शालिकरामको मोबाइलमा सुसाइट भिडियो फेला परेको छ। त्यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। भिडियो भेटीएसँगै मंगलबार साँझ काठमाडौं लैजाँदै गरेको शालिकरामको सव भरतपुर अस्पतालमै राखिएको छ। मृतकका परिवारले दिएको जाहेरीका आधारमा पक्राउ परेका होटल सञ्चालक यज्ञबहादुर कार्की प्रहरी नियन्त्रणमा छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर