Menu

भारतकी विदेशमन्त्री सुष्मा सुराजको गएराती निधन

भारतीय पूर्वविदेशमन्त्री सुषमा स्वराजको निधन भएको छ। स्वराजको मंगलबार राति दिल्लीस्थित एम्स अस्पतालमा निधन भएको हो।

भारतीय संचारमाध्यमका अनुसार सुषमा स्वराजको हृदयघातका कारण निधन भएको हो। हृदयघातपछि स्वराजलाई एम्स अस्पतालमा भर्ना गरिएको थियो। ६७ वर्षीया स्वाराज लामो समयदेखि बिरामी थिइन्।

उनले स्वास्थ्य अवस्था कमजोर रहेको अवस्था दर्शाउँदै प्रधानमन्त्री मोदीलाई पछिल्लो समय मन्त्री नबनाउन पनि आग्रह गरेकी थिइन् भने उनी लोकसभा निर्वाचनमा उम्मेदवार पनि बनेकी थिइनन्। मोदीको पहिलो प्रधानमन्त्रीको कार्यकालमा उनी विदेशमन्त्री भएकी थिइन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad