अर्थमन्त्रालय अब प्रधानमन्त्री शेर बहादुर देउवाले नै सम्हाल्ने भएको छ । आज बुधबार अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएपछि अब प्रधानमन्त्री देउवाले नै सम्हाल्ने भएका हुन् । बुधबार साँझ राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गरी प्रधानमन्त्रीले अर्थ मन्त्रालयको जिम्मेवारी आफैं मातहत राखेको जानकारी दिएको छ ।