मकवानपुरको बागमती गाउँपालिकामा गुडिरहेको मोटरसाईकलमा चट्याङ लाग्दा एक जनाको मृत्यु छ । बुधबार दिउँसो गाउँपालिकाको वडा नंम्बर ४ स्थित पाँचपाण्डपमा गुडिरहेको मोटरसाईकलमा चट्याङ लाग्दा मोटरसाईकलको पछाडी बस्ने एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएका छन् । प्रहरीका अनुसार गाउँपालिकाको वडा नंम्बर १ बाट झुरझुरे तर्फ आउँदै गरेको बा ६० प ९४९१ नंबरको मोटरसाईकलको पछाडी सवार २२ वर्षीय दिब्यप्रकाश राईको मृत्यु भएको हो । मोटरसाईकलको चालक भने सामान्य घाइते भएको प्रहरीले बताए ।