हेटौँडा – ५ गर्दोईका स्थानियलाई सुरक्षित स्थानमा स्थानान्तरण

Company Register

देशभर लगातर परिरहेको अबिरल वर्षाका कारण हेटौँडा उपमहाँनगरपालिका वडा नं. ५ गर्दोईका बाढि प्रभावित स्थानीयलाई सुरक्षित ठाँउमा स्थानान्तरण गर्ने कार्य सुरु गरिएको छ । बर्षाका कारण खोलाको बाढि बस्तिमा पसेपछि उनीहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न शुरु गरिएको हो ।

Advertisement

कर्रा खोलाको सतह बढेको छ भने यस क्षेत्रका खोल्साको सतह समेत बढेर गर्दोई क्षेत्रका घर डुवानमा परेका छन् । वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष श्रेष्ठको नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले उनीहरुलाई स्थानान्तरणको काम थालेको छ । हेटौँडा–५ मा रहेको बालज्योति माविमा उनीहरुलाई राख्ने व्यवस्था मिलाएको वडा अध्यक्ष राजेश बानियाँले बताए । उनीहरुलाई खाना र बस्ने व्यवस्था गरिएको उनको भनाई छ । यो खबर प्रष्ट खबर अनलाईनमा रहेको छ ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...