यो वेवसाइट अनलाइन पत्र डट कम् को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषा र अँग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

नवोदयमा मोडल यूनाइटेड नेशन कार्यक्रम हुने

हेटौंडा – हेटौंडा–४ मा रहेको नवोदय शिशु सदन अंग्रेजी माध्यामिक विद्यालयमा यही असोज १५, १६ र १७ गते ‘नवोदय मोडल यूनाइटेड नेशन’ कार्यक्रम हुने भएको छ ।


Advertisement
मकवानपुर जिल्लामा पहिलो पटक आयोजना हुन लागेको यस कार्यक्रम भुर्चअल प्रविधिबाट हुने विद्यालयले जनाएको छ । ‘तीन दिन भर्चुअल प्रविधिबाट कार्यक्रम हुने छ’, विद्यालयका प्रशासन प्रमुख सुरज बस्नेतले भने, ‘विद्यार्थीहरुको तार्किक क्षमता, अनुसन्धानत्मक कार्य, समूहगत कार्य, सिर्जनात्मक विकास र नेतृत्व गर्ने सीप विकास गर्ने उद्देश्यका साथ कार्यक्रमको आयोजना गर्न लागेका हौंं ।’
कार्यक्रममा मकवानपुर जिल्लासहित बाहिरी जिल्लाका विद्यार्थीको समेत सहभागिता रहनेछ । विद्यालयका शैक्षिक संयोजक अव्यक्त खनालले कार्यक्रमको बारेमा विद्यार्थीहरुलाई जानकारी गराएका छन् । कार्यक्रमका दिन नवोदयका विद्यार्थीहरुले सहजीकरण गर्नेछन् ।