विगत एकदशकदेखि लोकतान्त्रिक अभियान संचालन गर्दै आईरहेको स्कुल अफ डेमोक्रेसी मकवानपुरको अध्यक्षमा कांग्रेस मकवानपुरका कोषाध्यक्ष गोपीलाल विश्वकर्मा चयन हुनुभएको छ । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर पार्टी सभापति ईन्द्रबहादुर बानियाँको प्रमूख आतिथ्यतामा भएको कार्यक्रममा विश्वकर्माको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति चयन गरिएको छ । त्यसैगरी उपाध्यक्षमा मोमलाल दोङ, सचिव शिवप्रसाद खतिवडा राजु, कोषाध्यक्ष यादव अर्याल, सहसचिव सोम तिमल्सिना र सदस्यहरुमा दीलबहादुर भोम्जन, विनोद कुमार चौलागाई, विजय लोप्चन, खेम चेपाङ, गोकर्ण सुुवेदी, प्रेम गोङवा, गीता न्यौपाने, कुमार पोख्रेललगायत २१ जनाको कार्यसमिति गठन गरिएको सचिव खतिवडाले जानकारी दिएका छन् ।
त्यसैगरी बुधबारै राप्रपाबाट वडा सदस्यका प्रत्यासीसहित २२ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेपाली कांग्रेस पार्टी कार्यालय हेटौंडामा भएको कार्यक्रममा कांग्रेस मकवानपुरका जिल्ला सदस्य मिलन परियारको अग्रसरतामा हेटौंडा १ स्वर्गलोक, चाईनाक्वाटर र चौकीटोलका २२ जना नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । नवप्रवेशीहरुलाई बागमती प्रदेश संसदीय दलका नेता तथा कांग्रेस मकवानपुरका सभापति बानियाँले खाँदा लगाएर सदस्यता दिई पार्टीमा स्वागत गर्नुभएको थियो । कार्यक्रममा कांग्रेस मकवानपुरका जिल्ला उपसभापति विष्णुप्रसाद लामिछाने, सचिवद्वय बुद्ध लामा र आनन्द कठायत, कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, सल्लाहकार भरत पराजुली, जिल्ला सदस्य राजिव सुवेदी, मिलन परियार, मकवानपुर क्षेत्र नम्बर २ का संघीय सभापति यतिराज सापकोटा, क्षेत्रीय सभापति लोकबहादुर मुक्तान, हेटौंडा उपमहानगरका सभापति आनन्दराम पराजुली, महाधिबेशन प्रतिनिधि टेकनाथ शिवाकोटी, नेविसंघ जिल्ला अध्यक्ष राजु खतिवडा, तरुण दल जिल्ला सचिव सचित थापा, हेटौंडा १ का वडा अध्यक्ष सविन न्यौपाने, बकैया १० का वडा अध्यक्ष सोम तिमल्सिना, दीलबहादुर भोम्जनलगायतको उपस्थिति रहेको थियो ।