मकवानपुर प्रहरीले लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । मकवानपुरको कैलाश गाउँपालिका–२ का बुद्धलाल स्याङबोलाई २० किलो गाँजासहित प्रहरीले पक्राउ गरेको छ । हिडिरहेको अवस्थमा प्रहरीले शंका लागेर खानतलाशी गर्दा लागूऔषध सहित उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । उनमाथि थप अनुसन्धान सुरु गरिएको प्रहरीले जानकारी दिएको छ ।