मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्वर ७ सुकौरा स्वास्थ्य चौकीलाई सोमबार एक कार्यक्रमका बिच एम्बुलेन्स हस्तान्तरण गरिएको छ । मकवानपुरगढी गाउँपालिका–७ का वडाध्यक्ष एवं स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष सुर्यबहादुर रुम्बाको सभाध्यक्षता तथा नेपाली कांग्रेस बागमती प्रदेशका संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँको प्रमूख आतिथ्यतामा भएको कार्यक्रमकाबिच स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गरिएको हो ।

नेपाली काँग्रेसका नेता बानियाँको विशेष पहलसहित आर्थिक सहयोग तथा शिवम् सिमेण्ट, बानियाँ निर्माण सेवा, ऊँ साई कन्ट्रक्सन, मोतीदान कन्ट्रक्सन र मोर्डन ईन्फ्राइस्टक्चरको आर्थिक सहयोगमा एम्बेलुन्स खरिद गरिएको हो । एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा मकवानपुरगढी–८ का वडाध्यक्ष कुमार सिं घिसिङ, शिवम सिमेण्टका प्रमूख कार्यकारी देवेन्द्र सिंहा, स्वास्थ्यचौकीका उपाध्यक्ष प्रतिमान रुम्बा, सुकौरा टोल विकासका अध्यक्ष मुकुन्दप्रसाद न्यौपाने, जनता माविका प्रधानाध्यापक होमबहादुर नेपाली लगायतले मन्तव्य व्यक्त गरेका थिए ।