मकवानपुरको हेटौँडा १३ बनस्पतिस्थित श्री युग चेतना आधारभुत विद्यालयमा मंगलबार एक कार्यक्रमकाबीच न्यानो कपडा स्वेटर वितरण गरिएको छ । होटल एसोसियसन मकवानपुरका कार्य समितिको सहयोगमा मंगलबार विद्यालयमा अध्ययनरत २३० जना विद्यार्थीहरुलाई स्वेटर वितरण गरिएको हो । विद्यालयका पिटिए अध्यक्ष तथा एसोसियसनका सदस्य तेजकुमार स्याङतानको पहलमा स्वेटर वितरण गरिएको हो ।

विद्यालयका प्रअ राजु वर्तौला र व्यवस्थापन समितिका अध्यक्ष अशोककुमार डिम्डुङलाई एसोसियसनका अध्यक्ष शंकरलाल श्रेष्ठको टिमले स्वेटर प्रदान गर्नुभएको थियो । स्वेटर प्रदान गर्नु हुँदै श्रेष्ठले बाँकी विद्यार्थीहरुलाई पनि न्यानो कपडाका लागि पहलकदमी गर्ने प्रतिवद्धता जनाउनु भएको छ । कार्यक्रममा १३ नम्बर वडाका सदस्य सन्त बहादुर तितुङ, एसोसियसनका संस्थापक अध्यक्ष भागीरथ शर्मा, वरिष्ठ उपाध्यक्ष दिलीपराज जोशी, महासचिव विष्णुगोपाल महर्जन, कोषाध्यक्ष कल्याण पौडेल, सचिव डब्लु रौनियार, सुरेश लामा, पाल्साङ लामा, पारसमणि थिङ, विन्दा राना, कमला थापा मगर, रविन लामा, एसोसियसन बागमती प्रदेशका सदस्य हरिगोपाल सापकोटा, विद्यालयका शिक्षकहरु लगायतकाको उपस्थिति रहेको थियो ।