हेटौंडा –  हेटौडा–२ स्थित मकवानपुर बहुमुखी क्याम्पसमा ‘हल्ट प्राइज’ प्रतियोगिता हुने भएको छ । विद्यार्थीहरुको ‘नोबेल पुरस्कार’ भनेर चिनिने यो कार्यक्रम मकवानपुर क्याम्पसमा दोश्रो पटक हुन लागेको हो । हल्ट इन्टरनेशनल बिजनेश स्कुलले सन् २००९ देखि आयोजना सुरु गरेको ‘हल्ट प्राइज’ प्रतियोगिता यसपटक पनि गर्न लागिएको हो । हरेक वर्ष ‘हल्ट प्राइज’ फाउन्डेसनले ‘दीगो विकासको लक्ष्य’मा रहेर सामाजिक उद्यमशीलतालाई प्रोत्साहन हुने ‘चुनौती’ घोषणा गर्दछ र उक्त विषयभित्र रहेर प्रतियोगीहरु आफू प्रस्तुत हुनु पर्छ । यस वर्ष हुन लागेको हल्ट पुरस्कार प्रतियोगिताको चुनौती ‘दुई हजार रोजगारी २०२४ सम्ममा सिर्जना गर्नु’ रहेको छ । मकवानपुर बहुमुखी क्याम्पको यस वर्षको हल्ट प्राइज कार्यक्रम क्याम्पस निर्देशक निमेष तिमल्सिनाको नेतृत्वमा हु“दै छ । कोभिड महामारीको कारण देखा परेको रोजगारीको समस्या समाधान गर्ने अवसर यस वर्षको चुनौतीले प्रदान गरेको र यस कार्यक्रमले प्रदान गरेको अवसर सदुपयोग गरी भव्यताको साथ सम्पन गराउने लक्ष्य राखिएको निर्देशक तिमल्सिनाले बताए । ‘क्याम्पसका विजेताले रिजनलको लागि प्रतिस्पर्धा गर्नेछन’्, उनले भने,‘ प्रतिस्पर्धीहरुका लागि विभिन्न ट्रेनिङ, वर्कसप र सेमिनारहरु समेत आयोजना गरिनेछ ।’ विश्वभरीबाट सहभागी हुने यस कार्यक्रममा २ हजार भन्दा बढि विश्वविद्यालयहरुबाट ३ लाख भन्दा धेरैले सहभागीता जनाउने गरेका छन् । यस कार्यक्रमको विश्व विजेतालाई १ मिलियन अमेरिकी डलर नगदले पुरस्कृत गरिने छ ।