मकवानपुरको ऐतिहासिक मकवानपुरगढी गाउँपालिका वडा नम्वर ५ मा एमालेको लालकिल्ला तोड्दै वडा अध्यक्षमा नेपाली कांग्रेसका दिपेश दाहाल अत्याधिक बहुमतले विजयी भएका छन् । उनको प्यानल नै विजयी भएको हो । वर्षौदेखि एमालेले राज गरेको वडामा यो पटक कांग्रेसले जित हासिल गरेको हो ।

मंगलबार सम्पन्न मत गणना अनुसार कूल २ हजार २२७ मत खसेकोमा उनले १ हजार १६९ मत ल्याई वडाध्यक्ष पदमा निर्वाचित भएका हुन् । उनका अर्का प्रतिस्पर्धि एमालेका जित बहादुर घिमिरेले ७२१ र माओवादीका रत्नप्रसाद तिमिल्सनाले २३० मत प्राप्त गरेका छन् । उनको १३ मत बदर भएको छ । दाहालले फराकिलो मतान्तरले विजयी हासिल गरेको हो ।

गाउँपालिका अक्ष्यक्षमा गठबन्धनबाट कांग्रेसका उम्मेदवार दोर्जे लामा स्याङ्तान विजयी भएको छ । त्यस्तै उपाध्यक्षमा पनि गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार मान कुमारी पाख्रिन (नेपाली) विजयी भएकी छन् । गाउँपालिकाको ८ वटा वडामध्ये कांग्रेस ६ वटामा विजयी भएको हो ।