शिक्षक संगठन धादिङ्ग महिला विभाग शिक्षक प्रशिक्षणमा

अनलाइन पत्र संवाददाता२०७७-०२-२० No Comments

नेपाल राष्ट्रिय शिक्षक संगठन, महिला विभाग धादिङले आयोजना गरेको ५ दिने भर्चुअल अनलाइन शिक्षक प्रशिक्षण कार्यक्रम आज दोस्रो दिन पनि सम्पन्न गरेको छ । प्रमुख अतिथि एवम् प्रशिक्षक संगठनको राष्ट्रिय समिति सचिवालय सदस्य कमला थापाले “आधारभूत तहमा प्रभावकारी शिक्षण “ शीर्षकमा रहेर प्रशिक्षण दिनुभएको छ । जिल्ला समिति धादिङकी उपाध्यक्ष देवकुमारी दनैको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन भने जिल्ला समिति धादिङकै सदस्य सरस्वती पाण्डे’सरस’ ले गर्नुभएको हो ।


प्रमुख अतिथिको मन्तव्यको क्रममा लकडाउनको समयमा पनि शिक्षकहरूको यस किसिमको क्रियाशीलताले सरकारी विद्यालयका शिक्षकमाथि लगाइने आरोपहरू झुठ भएको सावित समेत थापाले गर्नुभयो । सरकारी विद्यालयका शिक्षक जुनसुकै परिस्थिसॅंग पनि जुध्न सक्ने र समस्या परेमा दिगो समाधानको खोजी गरी परिवार, समाज र राष्ट्रमा दरिलो खम्बा बनेर उभिएको समेत प्रमुख अतिथि थापाले बताउनुभयो। महिला शिक्षकले घरायसी समस्या देखाउॅंछन् । पेशाप्रति बफादार बन्न सक्दैनन् ।निरन्तर विद्यालय जाँन्दैनन् भन्दै पसलपसलमा गफ हाँक्ने समाजका केही

वर्गहरूलाईसमेत महिला विभागले देशभरी विभिन्न कार्यक्रम गरेर त्यस्ता व्यक्तिहरूको बोली बन्द गराएको समेत थापाले बताउनुभयो । कार्यक्रममा मकवानपुर अध्यक्ष श्रीराम दाहाल, प्रचार विभाग प्रमुख सुनिल गौतम, रसुवा अध्यक्ष मोचनाथ न्यौपाने, उपाध्यक्ष आङ्गमायाँ शेर्पा, प्रदेश छ शिक्षक महासंघ अध्यक्ष देबेन्द्र अधिकारी, वागमती प्रदेस उपाध्यक्ष सुभद्रा अधिकारी लगायतकाको उपस्थिति रहेको थियो ।

दोस्रो दिनको कार्यक्रममा पनि पहिलो दिनझैं राष्ट्रियदेखि स्थानीयसम्मका पदाधिकारी र ७७ जिल्लाकै शिक्षकहरूको बाक्लो उपस्थिति रह्यो । एक हजार व्यक्ति जोइन गर्न सकिने जुम एप्समार्फत गरिएको उक्त कार्यक्रम अझ तीनदिन निरन्तररूपमा संचालन हुने जानकारी पनि महिला विभागले गराएको छ ।

Chat Icon
Ad
Ad