Comments Add Comment

हेटौँडामा जनप्रतिनिधि खुलालको श्रद्धाञ्जली सभा , आईतबार उपमहानगरपालिकामा विदा

हेटौंडा उपमहानगरपालिकाकी कार्यपालिका सदस्य रुपमा खुलाल गोलेको आज साँझ श्रदान्जली सभा गरिएको छ । आज भरतपुरको मोडन अस्पतालमा उहाँको मृत्यु भएपछी साँझ उपमहानगरपालिकाको प्राङगनमा श्रदाञ्ली सभा गरिएको हो । श्रदान्जली दिदै हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले उहाँको पार्थिक शरिरमा माला लगाउनुका साथै फूलका गुच्छा चढाउनुभयो । तीन वर्ष देखि क्यान्सर रोगबाट पीडित खुलालले आज उपचारका क्रममा भरतपुरमा मृत्यु भएको हो ।

श्रदान्जली सभामा संबिधान सभाका सदस्य अनन्त पौडेल, प्रदेश सभाका सदस्य जुनेली श्रेष्ठ, प्रेमबहादुर पुलामी, उपमहानगरपालिकाका उपप्रमुख मिना कुमारी लामा, नेकपा मकवानपुरका कार्यालय सदस्य बद्री लंसाल, एकालाल श्रेष्ठ, उपमहानगरपालिकाका वडा अध्यक्षहरु, कार्यापालिकाका सदस्यहरु, कर्मचारीहरु, राजनीति दल, शुभ चिन्तकहरु ल्गायतकाको सहभागिता रहेको थियो । उहाको संम्झनामा आज एक मिनेट मौनधारण गरिएको थियो । हेटौंडा १३ पदमपोखरी निवासी रुपा क्यान्सर रोगले आज वढी चापेपछी भरतपुरमा उपचारका लागि जानु भएको थियो ।

उपमहाँनगरपालिका कार्यालयमा भोली बिदा

हेटौंडा उपमहानगरपालिकाका कार्यपालिकाका सदस्य रुपमा खुलाल गोलेको मृत्यु भएसंगै भोली आईतबार असोज १२ गते उपमहानगरपालिकामा बिदा दिइएको छ । सबै जनप्रतिनिधिहरु र कर्मचारीहरु जम्मा भएर श्रदान्जली सभा गर्ने र त्यसपछी कार्यालय बिदा हुने उपमहाँनगरपालिकाका मेयर हरिबहादुर महतले वताउनुभयो । सबै कर्मचारी कार्यालयमा आएर श्रदान्जली सभा गर्ने मेयर महतले वताउनुभयो ।

यो समाचार जनपत्र डट कमबाट साभार गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर