हेटौँडामा जारी दानवहादुर श्रेष्ठ स्मृति जिल्ला लिग फुटबल प्रतियोगिताको उपाधि डाँफे युवा क्लब ले जितेको छ । उसले फाइनलमा हटिया स्पोर्टस एकेडेमीलाई टाइबे्रकरमा ४–१ गोल अन्तरले पराजित गरेको हो ।
डाँफेका लागि अरुण बल, फत्तेमान घले ,बिक्रम भोलन र बिशेष रुम्वाले गोल गरेका थिए भने हटियाका लागि एकमात्र गोल राजेश पाण्डे ले फर्काएका थिए । यस्तै प्रतियोगिताको बेष्ट डिफेन्डर हटियाका राजेश पाण्डे भएका छन । बेष्ट फर्वाड डाँफेका बिशाल भोलन भएका छन त्यस्तै बेस्ट मिड फिल्डर डाँफेकै फत्तेमान घले भएका छन भने उत्कृष्ट गोलकर्ता डाँफेकै अनिल लो भएका छन भने बेष्ट प्लेयर अफ डाँफेकै आयुर घलान भएका छन ।
यस्तै बर्ष खेलकुद पत्रकारको पुरस्कार पुर्व खेलाडी तथा हाल मोफसलको खेल पत्रकारीतामा सक्रिय बिक्रम बानियाँलाई प्रदान गरिएको छ । उनलाई सम्मान सहित रु १७ हजार ५ सय प्रदान गरिएको छ ।