मकवानपुर क्षेत्र नंम्बर २ अन्तर्गत प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार महेश बर्तौलाले आफ्नो अग्रता कायमै राखेका छन् । पछिल्लो १३७७१ मत गणना गर्दा बर्तौलाले ५६७१ मत प्राप्त गरी अग्रता बनाएका छन् । त्यस्तै लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार विरोध खतिवडाले ५३२० मत प्राप्त गरेका छन् । खतिवडा भन्दा बर्तौला ३५१ मतले अगाडी रहेको छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार भरत पराजुलीले १५२६ मत प्राप्त गरेका छन् । मत गणना जारी रहेको छ ।
मकवानपुर–२ मा महेशको अग्रता कायमै , खतिवडा पछ्याउँदै
प्रकाशित मिती : २०७९ मंसिर ६ गते , मंगलबार
० प्रतिक्रिया