मकवानपुरमा बालविवाह रोक्नका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरले अभियान सुरु गरेको छ । बालबिवाह रोक्नकै लागि प्रहरीले बुधबार विभिन्न समुदायका अगुवासंग छलफल गरेको छ । बालविवाहका विरुद्धमा संघ, प्रदेश र स्थानीय सरकारसंगै प्रहरीले पनि कानून विपरितको कामलाई रोक्न अभियानकै रुपमा सुरु गरेको हो ।

सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बुधबार जिल्ला प्रहरी कार्यालय मकवानपुरले आयोजना गरेको कार्यक्रमा उपस्थित विभिन्न धार्मिक संघसंस्थाका प्रतिनिधिहरुले बाल बिबाह नियन्त्रणका लागि लागि पर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले बालबिवाह हुन नदिनका लागि प्रहरी पनि समुदायसंगकै साझेदारीमा लाग्ने बताए । कार्यक्रममा पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईं , हेटौँडा–२ का वडा सदस्य महेश्वरमान श्रेष्ठ,भुवनेश्वर मन्दिरका अध्यक्ष जगन्नाथ पाण्डे, नेपाल तामाङ घेदुङ मकवानपुर सचिव आत्मराम मोक्तान, मकवानपुर इसाइ समाजका सचिव मिलन कडेल, हेटौँडा जामे मस्जिदका अध्यक्ष जावेद हुसेन, कलाकार सुसान्त श्रेष्ठ लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।