यही बैशाख ३० गते हुने स्थानीय तहकोे निर्वाचनमा निर्वाचन आयोगले जारी गरेको आचारसंहिता नै उल्लंघन गर्दै सहायक निर्वाचन अधिकृत राजनितिक दलको प्रचारमा व्यस्त भएको पाइएको छ । मकवानपुरगढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा सहायक निर्वाचन अधिकृत रामकुमार पुडासैनी नेकपा एमाले चुनावी प्रचारमा व्यस्त रहेका छन् । उनले सामाजिक सञ्जालमा विदुर हुमागाई जिताऔं अभियानलाई विभिन्न समयमा सार्वजानिक गर्दै एमाले जिताऔं अभियानमा लागेका हुन् ।

सरकारका राष्ट्रसेवक कर्मचारीहरु त्यस माथी सहायक निर्वाचन अधिकृत जस्तो भूमिकामा रहेर निर्वाचन आचारसंहिताको धज्जी उडाउदैं राजनितिक दलको प्रचारमा लागेको पाइएकोले चौतर्फी विरोध भइरहेको छ । यस विषयमा मकवानपुरको निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठसँग बुझ्दा यदी यस्तो चुनाव प्रचार गरेको हो भने आवश्यक कारबाही गरिने बताएका छन् ।

280055630_717253029421708-1651890280.jpg