मकवानपुरको हेटौंडा अस्पतालमा सघन उपचार कक्ष आइसीयु र उच्च उपचार कक्ष एचडीयु सञ्चालनमा ल्याइएको छ । उद्घाटन् गरेको केही दिनमामानै दुबै कक्षमा उपचार सुरु गरिएको मदन मण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डाक्टर हरि खड्काले जानकारी दिएको छ । अस्पतालको आइसीयुमा ७ वेड रहेकोमा बुधवार २ जना उपचाररत छन् र एचडीयुका १० वेड रहेकोमा बुधवार ६ जना उपचाररत रहेको डाक्टर खड्काले बताए ।

हेटौंडाको एक मात्र सरकारी अस्पतालले गरिवका लागि उपचार गर्न कोषको समेत स्थापना गरेर काम सुरु गरिएको छ । कोषमा डाक्टर खड्काले आफ्नो एक महिनाको तलब र अन्य सुविधा समेत गरेर ८१ हजार रुपैयाँ जम्मा गर्न लागिएको छ । अस्पताल विकास समितिका अध्यक्ष प्रकास पौडेलले ५० हजार रुपैयाँ, अस्पतालका कर्मचारी हिरा लामाले आफ्नो तलब बराबरको २५ हजार रुपैयाँ जम्मा गर्ने भएको छ । अस्पतालमा ४ वटा भेन्टीलेटर पनि सञ्चालनमा ल्याइएको छ ।