Menu

मनहरीमा वनकरिया र चेपाङ्ग समुदायमा सचेतनामुलक कार्यक्रम

वनस्पति अनुसन्धान केन्द्र मकवानपुरले मनहरी गाउँपालिकाको वनकरिया र चेपाङ्ग समुदायमा दुर्लभ एवं संकटापन्न वनस्पतिहरुको बासस्थान संरक्षणको लागि सचेतनामुलक कार्यक्रम गरेको छ । मनहरी गाउँपालिकाको हाँडीखोलामा रहेका वनकरिया समुदायमा गरेको दुर्लभ एवं संकटापन्न वनस्पतिहरुको बासस्थान संरक्षणको कार्यक्रममा ३० जना भन्दा बढीको उपस्थिति रहेको थियो ।

मनहरी गाउँ पालिकाकै हङ्गलङ्गको चेपाङ्ग समुदायमा गरेको कार्यक्रममा २० जना सहभागी भएको वनस्पति अनुसन्धान केन्द्र मकवानपुरका कार्यालय प्रमुख रघुराम पराजुलीले जानकारी दिएका छन् । कार्यक्रममा प्रमुख पराजुली, वनस्पति सहायक सागिर हुसेन लगायतका कर्मचारीहरुले सहजिकरण गरेका थिए । प्रमुख पराजुलीका अनुसार वनकरिया तथा चेपाङ्ग समुदायहरु वनको आसपासमा बस्ने र खानामा कन्दमुलहरुमा पनि निर्भर रहने भएको हुनाले दुर्लभ तथा लोप हुने अवस्थामा पुगेका वनस्पतिहरुको बासस्थान संरक्षणमा जोड दिने उद्देश्यले सचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्न आवश्यक देखिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad