Comments Add Comment

हेटौंडा अस्पताललाई निःशुल्क औषधि हस्तान्तरण

गौतम समाज मकवानपुरको समन्वयमा माउन्टेन हर्ट नेपाल संस्थाले हेटौंडा अस्पताललाई गर्भवती महिलाहरुको पोषणको लागि प्रयोग औषधि वितरण गरेको छ ।

हेटौंडा–१ नम्बर वडाध्यक्ष सविन न्यौपानेमार्फत अस्पतालका स्टोर किपर सुदीप ढकाललाई शनिबार एक कार्यक्रमकाबीच प्रग्नेन्सी मल्टी भिटामिन आठ बक्स र लिक्वीड आइभी दुई बक्स हस्तान्तरण गरिएको हो । गरिबीको कारण प्रायाप्त मात्रामा भिटामिन खान नसक्ने महिलाहरुलाई निशुल्क वितरण गर्ने गरी औषधि वितरण गरिएको हो । आठसय गर्भवती महिलालाई तीन महिनासम्म खान पुग्ने र प्रभावकारी भएमा थप औषधि उपलब्ध गराउन समन्वय गराउन सकिने समाजका जिल्ला अध्यक्ष राजु गौतमले बताए ।

कार्यक्रममा माउन्टेन हर्ट नेपालका डा. अबन गौतम, समाजका केन्द्रीय कोषाध्यक्ष गोमा गौतम, प्रदेश ३ का अध्यक्ष होमनाथ गौतम, जिल्ला सल्लाहकार केशवप्रसाद गौतम, प्रकृति सुबेदीलगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै वडाध्यक्ष न्यौपानेले अमेरिकामा बनेको औषधि सहज रुपमा उपलब्ध गराएकोमा गौतम समाज र माउन्टेन हर्ट नेपालप्रति अभार व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर