अविरल वर्षातका कारण पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध भएका छन्। धादिङको बेनिघाट रोराङ गाउँपालिकामा पर्ने मौवाखोलाको पुल भत्किँदा राजमार्ग नै अवरुद्ध भएको छ। पुलको पूर्वीभागतर्फ बाढीले कटान गरेपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको इलाका प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ।

त्यस्तै धादिंगको अन्य स्थानमा पनि पहिरो खसेका छन्। त्यस्तै चितवनको नारायणगढ–मुग्लिङ सडकखण्ड पनि बिहानैदेखिको पहिरोले अवरुद्ध बनेको छ। चितवन प्रहरीका अनुसार आज सडक सुचारु हुने सम्भावना छैन।