दुई दिनदेखि निरन्तर वर्षाको कारण मकवानपुरको ईन्द्रसरोबर गाउँपालिकाको सल्लेमा पहिरो जाँदा फाखेल हुमाने सडकखण्ड अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले दिएको जानकारी अनुसार ईन्द्रसरोब–२ सल्लेमा पहिरो जाँदा फाखेल हुमाने सडकखण्ड अवरुद्ध भएको हो ।

हेटौंडाबाट भिमफेदी–कुलेखानी–फाखेल हुदैँ काठमाण्डौं जोड्ने वैकल्पिक मार्ग अवरुद्ध भएको हो। विहिबार दिउँसो सडकको माथिबाट लेदो माटो सहितको पहिरोले सडक अवरुद्ध भएको र हाल पनि पानी परिरहेको कारण पहिरो पन्छाउन समस्या भईरहेको प्रवक्ता रिमालको भनाई छ ।