दार्चुलामा भारतीय सीमा सुरक्षा बलले तुइन काट्दा महाकालीमा बेपत्ता भएका जयसिंह धामीको परिवारलाई सरकारले १० लाख रुपैयाँ दिने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले धामीका परिवारलाई १० लाख रुपैयाँ दिने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।