मकवानपुरमा मोटरसाइकल दुर्घटनामा श्रेष्ठको मृत्यु

अनलाइन पत्र संवाददाता२०८२-०५-०८ No Comments

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–९ पशुपतिनगरस्थित पूर्व–पश्चिम सडकखण्डमा शनिबार साँझ भएको सवारी दुर्घटनामा एक महिलाको ज्यान गएको छ ।

मकवानपुर प्रहरीका अनुसार रातोमाटेबाट हेटौंडातर्फ आउँदै गरेको बा.प्र.०२–०४५ प ५५९७ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा.प्र.०३–००५ प ९०६९ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा  वीरगञ्ज महानगरपालिका–१३, मुर्ली बस्ने वर्ष ४८ का प्रविण श्रेष्ठ घाइते भएका छन् । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । तर, सोही मोटरसाइकलमा पछाडि सवार उनकी श्रीमती वर्ष ४३ की कविता जोशी श्रेष्ठ भने दुर्घटनामा परेर थप गम्भीर घाइते भएकी थिइन् ।

दुर्घटनामा परेकी कविता जोशी श्रेष्ठ हेटौंडाबाट रातोमाटेतर्फ जाँदै गरेको ना.७ ख ५०१० नम्बरको यात्रुवाहक बसमा समेत ठोक्किएकी थिइन् । उनलाई तत्कालै उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल लगिएको थियो । तर, उपचारकै क्रममा साँझ करिब ५:३० बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।

दुर्घटनापछि घटनास्थलमा प्रहरी टोली खटिएको थियो । दुवै मोटरसाइकल, दुर्घटनामा संलग्न बस तथा बस चालकलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले नियन्त्रणमा लिएको जनाएको छ ।

By  अनलाइनपत्र संवाददाता

​Onlinepatra.com एक नेपाली समाचार पोर्टल हो जसले राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार, राजनीति, प्रान्तीय अपडेट, मनोरञ्जन, खेलकुद, र थप विविध सामग्री प्रदान गर्दछ। यो प्लेटफर्म Online Patra Media Pvt. Ltd. द्वारा सञ्चालित छ, जुन हेटौडा, मकवानपुर, नेपालमा आधारित छ।

More news from this author
Ad
Ad