2025-12-10 1:54 am

नेपालले आज बंगलादेशसँग खेल्दै

मकवानपुर । साफ यू-१७ महिला च्याम्पियनसिपको नेपालले आज बंगलादेशसँग खेल्दै छ । नेपालको यो तेस्रो खेलमा हो ।

भुटानको चाङ्लिमिथाङ रंगशालामा हुने खेल साँझ नेपाली समय अनुसार ५:४५ बजे शुरु हुनेछ । नेपाल र बंगलादेशले हालसम्म समान २ खेल खेल्दा १ जित र १ हारको नतिजा निकालेका छन् ।

नेपाल भारतसँग ७-० गोलको फराकिलो अन्तरले पराजित भएको थियो भने दोस्रो खेलमा भुटानलाई २-१ गोलअन्तरले हरायो ।
त्यस्तै, बंगलादेशले भुटानलाई पहिलो खेलमा ३-१ गोलले हराउँदा भारतसँग २-० गोलले पराजित भयो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad