Menu

बागमती गोल्डकपमा आजबाट सेमिफाइनलका खेलहरु शुरु , जावलाखेल र क्यामरुन भिड्दै

पुर्वी मकवानपुरको बागमतीमा जारी चौथो बागमती गोल्डकप फुटबल प्रतियोगितामा आजबाट सेमिफाइनलका खेलहरु शुरु हुने भएको छ । सेमिफाइनलको पहिलो खेल आज जावलाखेल युथ क्लब ललितपुर र अफ्रिकन रुट एसोसिएसन ,क्यामरुन बीच हुने भएको छ । जावलाखेलले नव जागृति युवा क्लव सिमरालाई हराउँदै सेमिफाइनलको स्थान तय गरेको थियो भने क्यामरुनले बिर्तामोड क्लव झापालाई हराउँदै सेमिफाईनल प्रवेश गरेका थिए ।

त्यस्तै बिहिबार भएको खेलमा थ्रीस्टार क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । एपिएफ क्लवलाई हराउँदै थ्रीस्टार सेमिफाईनल पुगेको हो । जनता माविको खेल मैदानमा भएको खेलमा एपिएफलाई २ः० गोलले हराउँदै थ्रीस्टारले सेमिफाइनलको यात्रा पक्का गरेको हो । पहिलो हाफ बराबरीमा रोकिएको खेल दोस्रो हाफमा थ्री स्टारले २ गोल गरेको थियो । जर्सि नम्बर ७ का दिपेश घलेले व्यक्तिगत २ गोल गरेको थियो । खेलको म्यान अफ दि म्याच घलेनै बने । उनले नगद ५ हजार रुपैँया पुरस्कार प्राप्त गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad