यो वेवसाइट अनलाइन पत्र डट कम् को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषा र अँग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हटियामा स्व. पुष्कर राई स्मृति भलिबल प्रतियोगिता शुरु

मकवानपुरको हटियामा बिहीबारबाट गैरिगाउँ सशक्त युवा क्लबको आयोजनामा स्व. पुष्कर राई स्मृति पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । हटियाको हाटबजारचौरमा बिहीबारदेखि प्रतियोगिता शुरु भएको हो । प्रतियोगितामा ८ वटा वडाका टिमको सहभागिता रहेको आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा विजेता टिमले नगद रु २५ हजार रुपैयाँ र द्वितीय हुने टिमले रु १० हजार रुपैयाँसहित ट्रफि, मेडल प्राप्त गर्नेछन् । प्रतियोगिताको उद्घाटन कार्यक्रममा बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीको प्रमुख आतिथ्य तथा १७ नम्बर वडा अध्यक्ष भैरव राई, जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष सानु लामा, वडि विल्डिङ संघ मकवानपुरका अध्यक्ष सुनिल लोप्चन, स्व. पुष्कर राईका बुबा प्रकाश राई लगायतको उपस्थिति रहेको थियो । उद्घाटन कार्यक्रम क्लबका अध्यक्ष सुरज भुजेलको सभाध्यक्षतामा भएको थियो ।

Advertisement