Comments Add Comment

सहिद स्मृति गोल्डकप : आजदेखि सेमिफाइनलका खेलहरु हुँदै

हेटौंडाको फोरेष्ट्रि स्थित वनविज्ञान अध्ययन संस्थानको खेल मैदानमा जारी स्थानिय तह अन्तराष्ट्रिय स्तरको सहिद स्मृति गोल्डकप फुटबल प्रतियोगितामा आजबाट सेमिफाइनल चरणका खेलहरु सुरु हुने भएको छ । आज सेमिफाइनलको पहिलो खेल आयोजक रिगल हेटौंडा मकवानपुर–११ र मच्छिन्द्र क्लव काठमाण्डौ बिच हुने भएको छ । आयोजक मकवानपुर–११ ले उद्घाटन खेलमा नव जनजागृती युवा क्लव सिमरालाई पराजित गर्दै सेमिफाईन प्रवेश गरेका थिए । त्यस्तै मच्छिन्द्र क्लवले संकटा क्लवलाई पराजित गर्दै सेमिफाइनलमा आयोजकसंग भिड्ने पक्का गरेको थियो । खेल दिउसो २ बजे सुरु हुने आयोजकले जानकारी ििदएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर