Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

आइपिएल : हैदराबाद ७ रनले विजयी , चेन्नईको लगातार तेस्रो हार

Company Register

इन्डियन प्रिमियर लिग (आइपिएल) मा सनराइजर्स हैदराबादले चेन्नई सुपर किंग्सलाई ७ रनले पराजित गरेको छ । जितका लागि १ सय ६५ रनको विजयी लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ५७ रन बनाउन सक्यो । यो चेन्नईको लगातार तेस्रो हार हो । हैदराबादको लगतार दोस्रो जित हो । चेन्नईलाई जितको अन्तिम ओभरमा २८ रन चाहिएको थियो । स्पिनर अब्दुल सामदले २० रन खर्चिदै हैदराबादलाई रोमान्चक जित पक्का गराए ।

Advertisement

पहिलो बलमा अब्दुल सामदले वाइड सहित एक्स्ट्रा पाँच रन खर्चेका थिए । पहिलो बलमा धोनीले दुई रन बटुले । दोस्रो बलमा धोनीले चौका प्रहार गरे । तेस्रो बलमा एक रन बुटले । चौथो बलमा साम करनले एक रन बटुलेपछि चेन्नईको जित टाढिएको थियो । पाँचौ बलमा पनि एक रन दिएपछि चेन्नईको हार पक्का बनेको थियो । चेन्नईले पहिलो खेलमा मुम्बई इन्डियन्सलाई ५ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको थियो । राजस्थान रोयल्ससँग १६ रन र दिल्ली क्यापिटल्ससँग ४४ रनले पराजित भएको थियो । पाँचौ खेलमा चेन्नईले आइतबार किंग्स इलेभेन पन्जाबसँग खेल्ने छ । हैदराबाद पहिलो खेलमा रोयल च्यालेन्जर्स बेंगलोरसँग १० रनले पराजित हुँदा कोलकाता नाइट राइडर्ससँग ७ विकेटको हार बेहोरेको थियो । तर तेस्रो खेलमा दिल्लीलाई १५ रनले हराउँदै हैदराबादले पहिलो जित हात पारेको थियो । हैदराबादले आइतबार मुम्बई इन्डियन्ससँग खेल्ने छ ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...