Comments Add Comment

हेटौंडामा मंसिर २८ गतेदेखि जिल्लास्तरीय रनिङ शिल्ड भलिबल हुँदै

२० औं संस्करणको स्वर्गीय लक्ष्मीमाया बज्राचार्य स्मृति जिल्लास्तरीय रनिङ शिल्ड भलिबल प्रतियोगिता यही मंसिर २८ गतेबाट हेटौंडामा सुरु हुने भएको छ ।बसामाडी जेसीजको आयोजनामा मंसिर २८ गतेदेखि पुस २ गतेसम्म प्रतियोगिता सञ्चालन गरिने आईतबार हेटौंडामा पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन् । हेटौंडा–१० स्थित स्वर्ण भण्डारका सञ्चालक ज्योतिरत्न बज्राचार्यको प्रायोजनमा हुने प्रतियोगितामा जिल्लाभरका उत्कृष्ट टोलीले सहभागिता जनाउने जेसीज अध्यक्ष चिराज अग्रवालले जानकारी दिए ।

उनका अनुसार प्रतियोगिताको विजेतालाई ६५ हजार रुपैयाँ र उपविजेताले ३० हजार रुपैयाँ नगद प्राप्त गर्नेछन् । प्रतियोगिताको संयोजक सरोज पौडेललाई जिम्मेवारी प्रदान गरिएको छ । आयोजक महासचिव जनक शर्माका अनुसार जिल्लामा भलिबल खेलको विकास गर्न र खेलाडीलाई प्रोत्साहन गर्न वर्षेनी आफ्नो संस्थाले दुईवटा प्रतियोगिता सञ्चालन गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर