पारसको उत्कृष्ट ब्याटिङ्गमा नेपालको सानदार जित

अनलाइन पत्र संवाददाता२०७६-०४-११ No Comments

आईसीसी टी–२० विश्वकप एसिया छनोटअन्तर्गतको खेलमा नेपालले कुवेतलाई ७ विकेटले हराएको छ । टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले कुवेतले दिएको १४२ रनको लक्ष्य १६ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो । नेपालका लागि कप्तान पारस खड्काले ६८ रनको अर्धशतकीय पारी खेले । उनले ४२ बलमा ११ चौका र १ छक्कासहित ६८ रन बनाएका हुन् ।  

त्यस्तै शरद भेषावकरले ३८ रन बनाए । उनले ३० बलमा ४ चाैका र १ छक्कासहित ३८ रन बनाएका हुन् । त्यस्तै उपकप्तान ज्ञानेन्द्र मल्लले १३ बलमा १९ रन बनाएर आउट भए । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कुवेतविरुद्ध खेलिरहेको नेपालले जितका लागि १४२ रनको लक्ष्य पाएको थियो । 

Chat Icon
Ad
Ad