आईपीएल क्रिकेट : लखनउ र गुजरात तथा हैदराबाद र पन्जाब खेल्दै

काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज दुई वटा खेल हुँदैछ । पहिलो खेलमा लखनउ सुपर जायन्ट्स र गुजरात टाइटन्स खेल्दैछन् ।

लखनउमा हुने यो खेल नेपाली समयअनुसार दिउँसो पौने ४ बजे शुरू हुनेछ ।  प्रतियोगितामा पाँच खेलमा ८ अङ्कका साथ गुजरात शीर्ष स्थानमा रहँदा समान खेलमा ५ अङ्क रहेको लखनउ छैटौं स्थानमा छ ।

यस्तै आज दोस्रो खेलमा सनराइजर्स हैदराबाद र पन्जाब किङ्सको प्रतिस्पर्धा हुँदैछ । हैदराबादमा हुने यो खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरू हुनेछ ।

४ खेलमा ६ अङ्क रहेको पन्जाब अङ्क तालिकामा पाँचौं स्थानमा छ भने ५ खेलमा २ अङ्क रहेको हैदराबाद पुछारमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad