आईपीएल क्रिकेट : लखनउ र गुजरात तथा हैदराबाद र पन्जाब खेल्दै

अनलाइन पत्र संवाददाता२०८१-१२-३० No Comments

काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज दुई वटा खेल हुँदैछ । पहिलो खेलमा लखनउ सुपर जायन्ट्स र गुजरात टाइटन्स खेल्दैछन् ।

लखनउमा हुने यो खेल नेपाली समयअनुसार दिउँसो पौने ४ बजे शुरू हुनेछ ।  प्रतियोगितामा पाँच खेलमा ८ अङ्कका साथ गुजरात शीर्ष स्थानमा रहँदा समान खेलमा ५ अङ्क रहेको लखनउ छैटौं स्थानमा छ ।

यस्तै आज दोस्रो खेलमा सनराइजर्स हैदराबाद र पन्जाब किङ्सको प्रतिस्पर्धा हुँदैछ । हैदराबादमा हुने यो खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरू हुनेछ ।

४ खेलमा ६ अङ्क रहेको पन्जाब अङ्क तालिकामा पाँचौं स्थानमा छ भने ५ खेलमा २ अङ्क रहेको हैदराबाद पुछारमा छ ।

By  अनलाइनपत्र संवाददाता

​Onlinepatra.com एक नेपाली समाचार पोर्टल हो जसले राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार, राजनीति, प्रान्तीय अपडेट, मनोरञ्जन, खेलकुद, र थप विविध सामग्री प्रदान गर्दछ। यो प्लेटफर्म Online Patra Media Pvt. Ltd. द्वारा सञ्चालित छ, जुन हेटौडा, मकवानपुर, नेपालमा आधारित छ।

More news from this author
Ad
Ad