2025-12-10 1:51 am

अमेरिकामा दर्ता विना ३० दिनभन्दा बढी बसोबास गरेमा सजाय हुने

अमेरिकामा ३० दिनभन्दा बढी समय बसेका विदेशी नागरिकहरूले त्यहाँको दर्ता ऐन (एलियन) अन्तर्गत दर्ता नगरेको खण्डमा उनीहरूलाई जेल सजाय हुन सक्ने छ । आज विदेशी दर्ता ऐन अन्तर्गत दर्ता गर्ने अन्तिम मिति रहेको बीबीसीले उल्लेख गरेको छ ।

संयुक्त राज्य अमेरिकामा ३० दिनभन्दा बढी समयदेखि बसोबास गर्ने सबै विदेशी नागरिकहरूले सङ्घीय सरकारमा दर्ता गर्नुपर्ने राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनकी प्रेस सचिव क्यारोलिन लाभेटले बताउनुभयो ।

नियम पालना नगरे जरीवाना, जेल वा दुवै सजाय हुने उहाँको भनाइ छ । अमेरिकी गृह सुरक्षा विभागले पनि प्रेस विज्ञप्ति निकालेर  विदेशी नागरिकहरूलाई यस ऐनअन्तर्गत दर्ता गर्न भनेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad