यो वेवसाइट अनलाइन पत्र डट कम् को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषा र अँग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

अजरबैजान-अर्मिनिया युद्ध झन् तीव्र


अजरबैजान र अर्मिनिया मुलुकका सेनाबीचको युद्ध तीव्र बनेको छ। बीबीसीका अनुसार काराबाखको उत्तरी र दक्षिणी क्षेत्रमा मंगलबार बिहानदेखि भीषण लडाइँ भइरहेको हो।अर्मिनियाको रक्षा मन्त्रालयका प्रवक्ता सुसन स्टेपनयानका अनुसार दक्षिण क्षेत्रमा लडाइँ तीव्र भइरहेको छ र उत्तरी क्षेत्रमा अजरबैजानका सेनाले एयरक्राफ्टको प्रयोग गरेका छन्। तर यसको प्रमाण दिइएको छैन। अजरबैजानले भने आफूले अहिलेसम्म मानव सञ्चालित एयक्राफ्ट प्रयोग नगरेको दाबी गरेको छ। तर अजरबैजानको रक्षा मन्त्रालयले पनि उत्तरी र दक्षिणी क्षेत्रमा भइरहेको लडाइँबारे जानकारी दिएको छ। उसले दाबी गरेको छ– ‘दक्षिणी क्षेत्रमा हाम्रा सेनाले उपलब्धि हासिल गरिरहेका छन्।’