Comments Add Comment

कोरोनाभाइरस: इटली सरकारले सङ्क्रमण रोकथाम गर्न ६ करोड मानिसलाई घरमै बस्न निर्देशन

इटलीका २० वटै क्षेत्रमा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ। यसअघि सङ्क्रमण फैलिएको लोम्बार्डीसहित अन्य क्षेत्रमा झन्डै एक करोड ६० लाख मानिसलाई अनिवार्य क्वारन्टीनमा राखिएको थियो।

इटलीका प्रधानमन्त्रीले अत्यधिक जोखिममा रहेका मानिसको सुरक्षाको निम्ति उक्त कदम उठाइएको बताए।

टेलिभिजन सम्बोधनमा उनले भने, “अब हामीसँग धेरै समय छैन।” प्रधानमन्त्री कोन्टेले इटलीको प्रचलन परिवर्तन हुनुपर्ने उल्लेख गर्दै सबै मानिस घरभित्रै रहनु नै उत्तम विकल्प भएको बताए।

सङ्क्रमण र मृत्यु हुनेको सङ्ख्या निकै बढिरहेको बताउँदै उनले भने, “हामीले इटलीको राम्रोको निम्ति केही न केही दिनैपर्छ। अब हामीले त्यो गर्नुछ। आपसी सहयोग गर्‍यौँ र अपनाइएका थप उपायहरू पालना गर्‍यौँ भने हामी त्यसमा सक्षम हुनेछौँ।”

त्यसैले आफूले सबै नागरिकको स्वास्थ्यको सुरक्षा गर्न थप कडा कदम चालेको उनको भनाइ थियो।

प्रधानमन्त्रीले देशव्यापी रूपमा फुटबल लगायतका सबै खेल स्थगित गरिएको पनि जानकारी दिए। विद्यालय र विश्वविद्यालयहरू एप्रिल ३ तारिख सम्मका निम्ति बन्द गरिएका छन्।

सरकारी प्रतिबन्धलाई प्रधानमन्त्रीले ‘म घरभित्रै बस्छु’ भन्ने अभियानको रूपमा प्रस्तुत गरेका छन्।

यो समाचार बिबिसी नेपाली बाट साभार गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर