विश्वभर महामारीको रुपमा फैलिएरहेको कोरोना भाइरसका कारण रुसका प्रधानमन्त्री मिखाइल मिशुस्तिनलाई संक्रमण देखिएको छ । उनलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना गरिएको छ । रुसमा संक्रमितको संख्या एक लाख भन्दा बढी पुगेको छ । बिहीबार उनलाई कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
रुसमा बिहीबार एकै दिन सात हजार ९९ जना संक्रमण पुष्टि भएको हो, त्यसमध्ये एक प्रधानमन्त्री मिखाइल पनि हुन् । गएको जनवरीमा प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्न आएका मिखाइल रुसमा कोरोना भाइरसको महामारी नियन्त्रण अभियानको नेतृत्वमा रहेर काम गर्दै आएका छन् ।