कक्षा १ देखि ९ सम्मको रोकिएको वार्षिक परीक्षाको नतिजा तत्काल प्रकाशन गर्ने ब्यवस्था मिलाउन सम्बन्धित विद्यालयहरुलाई बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले निर्देशन दिएको छ ।

नजिता प्रकाशन पश्चात सामाजिक दुरी कायम गरेर उपयुक्त बैकल्पिक माध्यमबाट विद्यार्थी भर्नाको ब्यवस्था गर्न पनि विद्यालयहरुलाई मन्त्रालयले निर्देशन दिएको छ । साथै विद्यार्थी भर्नापछि पाठ्यपुस्तक विद्यार्थीलाई उपलब्ध गराउन मन्त्रालयले सहजीकरण गर्ने सामाजिक विकास मन्त्री युवराज दुलालले बताए ।

मन्त्रालयको निर्देशन पत्र हेर्नुहोस्