Comments Add Comment

शनिबारसम्म देशका अधिकांश स्थानमा वर्षा हुने

काठमाडौं – अरब सागरमा बनेको ‘निसर्ग’ चक्रवात कमजोर भई बनेको न्यूनचापीय क्षेत्रको प्रभावसँगै स्थानीय र पश्चिमी वायुको प्रभावले देशको अधिकांश स्थानमा शनिबारसम्म वर्षा हुने भएको छ । यी तीन प्रणाली सक्रिय अवस्थामा रहेकाले शनिबारसम्म देशका अधिकांश भूभागमा वर्षाको सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले बताए ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश नं १, प्रदेश नं २, गण्डकी प्रदेश र वाग्मती प्रदेशभरि तथा प्रदेश नं ५ का अधिकांश भूभागमा मध्यम वर्षा भइरहेको छ ।

आइतबार देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका केही र अन्य प्रदेशका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर