Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

अनैतिक सामग्रीहरु हुने भन्दै पाकिस्तानले गरे टिकटक प्रतिबन्ध

Company Register

सामाजिक सञ्जाल टिकटक प्रतिवन्ध लगाउने देशहरुको सूचीमा पाकिस्तान पनि थपिएको छ । चिनियाँ एप टिकटकलाई यसअघि भारत, अमेरिकालगायतका देशहरुले प्रतिवन्ध लगाइसकेकोमा शुक्रबारदेखि पाकिस्तानले पनि प्रतिवन्ध लगाएको हो । “अनैतिक सामग्रीहरु” भएको निश्कर्ष निकाल्दै पाकिस्तानले शुक्रबारदेखि टिकटकलाई देश भित्र प्रतिवन्ध लगाउने निर्णय गरेको अधिकारीहरुले जनाएका छन् । चीनसँगको सदाबहार मित्र भएपनि चिनियाँ एपलाई मुलुक भित्र प्रतिवन्ध लगाउनु पर्ने बाध्यता सृजना भएको अधिकारीहरुको भनाइ छ ।

Advertisement

टिकटकबाट मुस्लिम धार्मिक संस्कारको उलंघन र त्यसलाई असर पार्ने कार्य भइरहेकाले त्यसलाई नियन्त्रणका लागि प्रतिवन्ध लगाउनु परेका उनीहरुले बताएका छन् । पाकिस्तानी दुरसञ्चार प्राधिकरणद्धारा जारी वक्तव्यमा सामाजिक तथा धार्मिक संस्कार विथोल्ने गतिविधि भएको भन्दै टिकटकका विरुद्धमा उजुरीहरु परेको उल्लेख गरिएको छ । मुस्लिम संस्कार अनुसार महिलाहरुले बुर्का लगाउनु पर्ने, शारिरिक अंगहरु प्रदर्शन गर्न नहुनेलगायतका कडा सांस्कृति व्यवस्था भएपनि टिकटक प्रयोगकर्ताहरुले त्यसलाई उलंघन गरेको उजरीकर्ताहरुको दाबी छ ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Loading...