हेटौंडाको प्रयोग शालामा शनिबार साँझ थप २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । हेटौंडा, मकवानपुरगढी र जिल्ला बाहिर घर भएका हेटौंडामा कार्यरत गरी २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हेटौंडा उपमहानगरपालिकाका जनस्वाथ्य निरिक्षक भोला चौलागाईले जानकारी दिएका छन् । संक्रमित हुनेहरुमा ६ जना महिला र १८ जना पुरुष रहेका छन् ।