हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर १२ पदमपोखरीका किसानलाई अन्नबाली र तरकारी बालीका किटनाषक औषधी छर्कनका लागि पम्प हस्तान्तरण गर्नु गरेका छन् । पदमपोखरीका १६ वटा कृषक समुहका लागि औषधी छर्कने पम्प हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले वितरण गर्नुभएको हो । स्थानीय कृषकहरुको कार्यक्रममा मेयर महतले थानीमाइ कृषक समूह, बिउ उत्पादक कृषक समूह, वर पिपल चौतारी कृषक समूह, परिश्रमी कृषक समुह, सिर्जनशिल कृषक समूह, प्रतिटोल कृषक समुह, सल्लेदमार बाख्रा पालक कृषक समुह, शान्ति कृषक समुह, गोपालेश्वर कृषक समुह, उज्वल पशुपालक तथा कृषि उत्पादन समूह, हरियाली कृषक समूह, श्रीकृष्ण कृषक समूह, कुटो कोदालो कृषक समूहलाई हस्तान्तरण गर्नुभयो ।

कार्यक्रममा हेटौंडा १२ का वडा अध्यक्ष ललित घलानको अध्यक्षतामा भएको हो । कार्यक्रममा हेटौंडा उपमहानगरपालिका कार्यपालिकाका सदस्य रुकमिडी गुम्वा, वडा नम्बर १२ का वडा सदस्य भुवन खनाल लगायतकाको उपस्थिती रहेको थियो । यसैगरी हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ पदमपोखरीका अत्यन्त न्युन आय भएका परिवारलाई सहयोग गरिएको छ । पदमपोखरीका निम्न आए भएका परिवारलाई ५ हजार रुपैयाँका दरले व्यावसाय गर्नका लागि सहयोग गरिएको उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले वताउनुभयो ।