यो वेवसाइट अनलाइन पत्र डट कम् को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषा र अँग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

मकवानपुरका दुई संक्रमितको मृत्यु


मकवानपुरका थप दुई जनाको कोरोनाका कारण मृत्यु भएका छन् । मृत्यु हुनेमा उत्तरी क्षेत्र थाहानगरका ७७ वर्षीय वृद्ध पुरुषको शुक्रबार वीरेन्द्र अस्पतालमा मृत्यु भएको छ । असोज २१ गते अस्पताल भर्ना भएका उनलाई २२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । यसैगरि कोरोनाबाट मृत्यु हुनेमा बागमती गाउँपालिका वडा नंबर ६ की ८५ वर्षीया वृद्धा महिला रहेकी छन् । उनको शनिबार चितवन मेडिकल कलेजमा मृत्यु भएको चितवन अस्पतालले जनाएको छ । असोज १५ गते अस्पताल भर्ना भएकी उनलाई २० गते कोरोना संक्रमण पुष्टि भएको थियो । यो संगै कोरोना संक्रमणबाट मकवानपुरका १७ जनाको मृत्यु भएको छ ।