आईपिएल : चेन्नईमाथि बैंगलोरको सहज जित

अनलाइन पत्र संवाददाता२०७७ अशोज २५ No Comments

ईन्डियन प्रिमियर लिग आईपिएल मा रोयल च्यालेन्जर्स बेंगलोरले चेन्नई सुपर किंग्सलाई ३७ रनले पराजित गरेको छ । जितका लागि १ सय ७० रनको विजयी लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ३२ रन बनायो । चेन्नईका आम्बाती रायुडुले ४० बलमा ४ चौका सहित सर्वाधिक ४२ रनको योगदान दिए । वासिन्टन सुन्दरले फाप डु प्लेसिसलाई क्रिस मोरिसबाट ८ रनमा क्याच आउट गराए । सुन्दरले अर्का ओपनर शेन वाटसनलाई १४ रनमा बोल्ड आउट गरे । वाटसनले १८ बलमा ३ चौका प्रहार गरेका थिए ।

दिल्ली ६ खेलमा ५ मा जित र १ मा हार सहित १० अंकका साथ शीर्षस्थानमा छ । मुम्बई ६ खेलमा ४ मा जित र २ मा हार सहित ८ अंक जोड्दै दोस्रो स्थानमा छ । कोलकाता ६ खेलमा ४ मा जित र २ मा हार सहित तेस्रो स्थानमा छ । बेंगलोर ६ खेलमा ४ मा जित र २ मा हार सहित नेट रन रेटको आधारमा चौथो स्थानमा छ । सनराइजर्स हैदराबाद ६ खेलमा समान ३ मा जित र हार सहित पाँचौ स्थानमा छ । चेन्नई सुपर किंग्स ७ खेलमा ५ मा हार र २ मा जित सहित छैटौं स्थानमा छ । राजस्थान ६ खेलमा ४ मा हार र २ मा जित सहित सातौं स्थानमा छ । किंग्स इलेभेन पन्जाब ७ खेलमा ६ मा हार र १ मा जित सहित २ अंक जोड्दै पुछारमा छ ।

Ad
Ad