यो वेवसाइट अनलाइन पत्र डट कम् को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषा र अँग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हेटौंडा मेयर कप : उपाधिका लागि सोमबार वडा नम्बर १० र १८ भिड्ने

मकवानपुरको हेटौंडामा जारी मेयर कप फुटबल प्रतियोगिताको उपाधिका लागि वडा नम्बर १० र १८ भिड्ने पक्का भएको छ । हेटौंडाको लोकतान्त्रिक चौर हुप्रामा शनिबार भएको पहिलो सेमिफाइनल खेलमा निर्धारित समयमा १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । पेनाल्टी सुटआउटमा वडा नम्बर १० ले वडा नम्बर १३ लाई ४–१ गोलअन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको छ ।

Advertisement
त्यस्तै शनिबार नै भएको अर्को दोस्रो सेमिफाइनल खेलमा निर्धारित समय १–१ गोलको बराबरीमा नै सकिएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । पेनाल्टीसुटआउटमा वडा नम्बर १८ ले वडा नम्बर ५ लाई ५–४ गोलअन्तरले पराजित गर्दै उपाधिका लागि स्थान बनाएको छ । उपाधिका लागि वडा नम्बर १० र १८ बीचको खेल फागुन २४ गते सोमबार हुनेछ ।