नगर कप भलिबलको उपाधि वडा नम्बर १९ र १७ लाई

अनलाइन पत्र संवाददाता२०७७ फाल्गुन २३ No Comments

हेटौंडामा भएको केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठानले आयोजना गरेको नगर कप भलिबल प्रतियोगिताको उपाधि महिलातर्फ वडा नम्बर १९ र पुरुषतर्फ वडा नम्बर १७ ले हात पारेको छ । शनिबार भएको फाइनल खेलमा महिलातर्फ वडा नम्बर १९ ले वडा नम्बर १७ लाई २५–२१, २५–८ र २५–१४ को सोझो सेटमा पराजित गरेको हो हो भने पुरुषतर्फ वडा नम्बर १७ ले वडा नम्बर ११ लाई २५–१५, २५–२३ र २५–१३ को सोझो सेटमा पराजित गरेको हो ।

दुवैतर्फ उपाधि विजेता टिमले नगद ५० हजार रुपैया“सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् भने उपविजेताले नगद ३० हजार रुपैया“सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा सेमीफाइनलसम्म पुग्ने टिमलाई सान्त्वना स्वरुप नगद पा“च हजार रुपैया“ र प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगिताको समापन तथा पुरस्कार वितरण कार्यक्रम प्रतिष्ठानका अध्यक्ष प्रताप विष्टको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मीना कुमारी लामाको प्रमुख आतिथ्यमा भएको थियो । पुरस्कार वितरण समारोहमा प्रतिषठानकी संरक्षक स्वर्गीय केशवलाल श्रेष्ठकी श्रीमति मञ्जु श्रेष्ठ, बागमती प्रदेश खेलकुद परिषद्का सदस्य माधव तिमल्सिना, मकवानपुर जिल्ला खेलकुद विकास समितिका सदस्य सानु लामा, हेटौंडा उपमहानगर खेलकुद विकास समितिका अध्यक्ष चन्द्र शाहीको पनि उपस्थिति रहेको थियो ।

Ad
Ad