एएफसी एसियन कप २०२३ छनोटको तेस्रो चरणको खेलमा नेपाल इन्डोनेसिसयासँग लजास्पद हार व्यहोरेको छ । कुवेतस्थित जाबिर अल अहमद मैदानमा बुधबार बिहान सम्पन्न खेलमा नेपाल इन्डोनेसियासँग ७–० गोलले पराजित भएको छ । नेपाली टोली पहिलो हाफमै २–० ले पछि परेको थियो ।

दोस्रोे हाफमा थप ५ गोल खाँदा नेपालले आधा दर्जनभन्दा बढी गोलको भारी बोक्नु परेको थियो । नेपाल पहिलो हाफमै १० खेलाडीमा सिमित भएको थियो । रक्षक सुमन अर्यालले विपक्षीमाथि खराब ट्याकल गरेका कारण ११ औं मिनेटमा पहिलो तथा ३३ अ‍ौं मिनेटमा दोहोरो पहेंलो कार्डको सामना गर्दै मैदान छाड्न परेको थियो । यससँगै नेपालले अंक विहिन हुँदै छनोटको यात्रा अन्त्य गरेको छ ।