इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत चेन्नई सुपर किंग्सले कोलकोता नाइटराइडर्सलाई पराजित गरेको छ । आइतबार सम्पन्न खेलमा चेन्नईले कोलकोतालाई २ विकेटले पराजित गरेको हो । कोलकोताले दिएको १७२ रनको लक्ष्य पछाएको चेन्नईले २० ओभरमा ८ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको कोलकोताले २० ओभरमा ६ विकेट गुमाउदै १७१ रन बनाएको थियो । योसँगै चेन्नईले १० खेलमा आठौं जित हासिल गरेको छ । चेन्नईले १० खेलमा ८ जित र दुई हारसहित १६ अंक हासिल गरेको छ भने अंकतालिकामा शिर्ष स्थानमा उक्लिएको छ । त्यस्तै कोलकोताको भने यस सिजनमा यो छैटौ हार हो । कोलकोताको १० खेलमा ४ जित र ६ हारसहित ८ अंक रहेको छ र अंकतालिकामा चौथो स्थानमा रहेको छ ।